२०८०, ७ भाद्र बिहीबार १५:२२

संचारकर्मीलाई गरेको व्यवहार प्रति महासंघको बिज्ञप्ति

प्यूठान जागरण डटकम
भदौ ७ । प्यूठानमा एक स्थानीय तहले संचार माध्यामबाट प्रकाशन गरेको समाचारलाई लिएर पत्रकारलाई स्पष्टिकरणका लागि बोलाएको प्रति पत्रकार महासंघ प्यूठानले विरोध गरेको छ ।

स्वर्गद्धारी अपडेट डटकमका प्रबन्धक निर्देशक लव कुमार अधिकारीलाई संझौता बिपरित रकम मागेको भनि समाचार संप्रेषण गरेको भन्दै माण्डबी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतले अधिकारीलाई स्पष्टिकरणका लागि भदौ ६ गते पत्रकाटी बोलाएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले उक्त आरोप प्रमाणीत गर्ने प्रमाण लिएर भदौ ७ गते १ बजे उपस्थित हुन निर्देशन सहितको पत्र कार्यपालिकाले निर्णय गरेको उल्लेख गरी पठाएका थिए ।

स्वर्गद्धारी अपडेट डटकमका प्रबन्धक निर्देशक लव कुमार अधिकारीले “पत्रकार आंचार सहिंताको कुरा स्मरण गरि स्थानीय तहले ढाडो आदेशमा पत्र काटनु आपत्तिजनक भएको बताएका छन् ।

सोही समाचारलाई लिएर नेपाल पत्रकार महासंघ प्यूठानले सम्प्रेषित समाचारप्रति चित्त नबुझे वा कुनै गुनासो भए त्यस उपर कानूनी उपचारमा जान सकिने प्रावधान हुँदा हुदै संचारकर्मीलाई हत्तोत्साहित हुने गरी आदेशात्मक पत्र काटनु विज्ञप्ति मार्फत निर्दनीय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *