२०८०, १३ भाद्र बुधबार १९:१०

एमसीसि खारेजीका लागि प्यूठानमा बिरोध सभा

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
भाद्र १३ । राष्ट्रिय जनमोर्चा प्यूठानले एमसीसिका बिरुद्धमा खंलगामा ¥याली सहित कार्यक्रम गरेको छ । कार्यक्रमलाई सम्बोधन गदै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य कृष्ण बहादुर खडकाले सार्बभौम सत्ता सम्पन्न नेपाली जनता भएकाले अन्याय र राष्ट्रघातीका बिरुद्ध लड्न आह्वाहन गरेका थिए । देश रहनेकी नरहने भन्ने समस्या भएकाले पहिला देश बचाउन सबै राष्ट्रप्रेमी जनसमुदायलाई खबरदारी गरी एमसीसि जस्ता घातक राष्ट्रघाती सझौता खारेजीका लागि गाउँगाउँबाट उठ्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा नेकपा मसाल लुम्बिनि प्रदेशका प्रबक्ता तिलक बहादुर जिसीले देशका शासकहरुले जनतालाई भेडाबाख्रा सम्झी बेच्न खोजेको आरोप लगाए । जनतामा ब्यापक निराशा छाएकाले हामी आह्वाहन गर्न चाहान्छौ निराशाले मानिसलाई पछाडि पार्छ प्रबक्ता जिसीले पाटीको नीति र कार्यदिशा हेरेर राजनैतिक दिशा निमार्ण गर्नुपर्ने बताए ।
जिसीले एमसीसीलाइ नेपालको नीति भन्दा माथी बनाएर संसदले पास गराउने कुरा घातकपुर्ण भएको उल्लेख गदै नेपालको संसदमा अमेरिकाले सधैबास जमाउन खोजेको बताए । इतिहासलाई हेर्दा नेपाल संकटपुर्ण अबस्थाबाट गु्रजेको जिसीले बताए । अमेरिका रक्त बिपाशु भएकाले देशमा युद्ध गराउने र राजगर्ने उसको रणनैतिक उद्धेश्य पुरा गर्ने एमसीसि नेपालमा भित्राएको जिसीले खुलारा गरे ।


२०७४ साल जेठमा प्रारम्भिक हस्ताक्षर गरि नेपालमा भित्राएको एमसीसि चीन लाई चिडाउन खोजेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । निरकुश संझौता पास गरी नेपाललाई खरानी बनाउन देशका शासकहरुले खाजेको न्यौपानेले आरोप लगाएका छन् ।
एमसीसिका नाममा आउन खोजेको परियोजना नेपालमा अठ्ठा जमाई चीनसंग सामरिक हिसावले युद्ध गर्न नेपाललाई प्रयोग गर्न खाजेको बताए । न्यौपानेले सबै राष्ट्रभक्ति एकजुट हुनुपर्ने बेला आएको उद्घोष गरे ।


अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य तारा जिसीले पुर्खाले लडेर बचाएको देश भावी सन्तानलाई जस्ताको त्यस्तै सुम्पिन नसक्ने अबस्था देशको बागडोर संचालन गर्ने शासकहरुले गराएको बताइन् । उनले सानो रकम पाउन एमसीसि जस्तो राष्ट्रघाती संझौता गरि देशलाई कृडास्थल बनाउन खाजेको बताएकी थिइन ।


खानेपानीचोक बाट निकालिएको ¥याली बसपार्क, डाडापसल, तेस्रोगल्ली हुदै पाटीचोक जिल्ला प्रशासन कार्यालय अगाडीगई कोण सभामा परिणत भएको थियो । जिल्लाका विभिन्न ठाउँबाट आएका संयौ कार्यकर्ताले गो व्याक एमसीसि, एमसीसि खारेज गर, असंग्लन परराष्ट्र नीति कायम गर, अमेरिकी साम्राज्यबाद मुर्दाबाद भन्दै नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *