२०८०, २० भाद्र बुधबार १४:२५

सामाजिक ब्यक्तिहरुलाई खलंगामा सम्मान कार्यक्रम

लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
भाद्र २० । कृष्णजन्मअष्टमीको अबसर पारी खलंगामा पुँजाआर्चन सहित सम्मान कार्यक्रम बुधबार गरिएको छ । काशीपानी वन उपभोक्ता समितिको आयोजनामा भएको कार्यक्रममा २०४६ सालदेखी हाल सम्म राधाकृष्ण मन्दिरलाई सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान–पत्र दिइएको काशीपानी वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनु भएको छ ।


सम्मान कार्यक्रममा खलंगाको साँस्कृतिक पक्षलाइ गाउँपालिकाले स्थानीय पाठ्यक्रममा जोडि साँस्कृतिक तर्फको बिकास प्रर्वद्धन गर्न लागि परेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खडकाले बताउनु भएको थियो । राधाकृष्ण मन्दिरलाई संघ, प्रदेशबाट निमार्णका लागि बजेट माग गरेको यदि नभए गाउँपालिकाले बजेट ब्यवस्थापन गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले खलंगाको लाखे जात्रा देखी कृष्णजन्माअष्टमी रथजात्रा सम्मको पुरानो सँस्कृति परपम्परालाई बचाउन नँया पुस्तालाई पुराना पुस्ताले सिकाउनु पर्ने आबस्यकता रहेको बताउनु भएको थियो ।


राधाकृष्ण मन्दिर स्थापना भएदेखि भजनकृतन, मन्दिर व्यवस्थापन, काशीपानी वन उपभोक्ता समितिका उत्कृष्ट सदस्यलाई खादा ओढाई सम्मान–पत्र दिइएको हो । कलाकार निर्मलदास नकर्मी, बसन्तलाल शाक्य, इस्वर नकर्मी पुजारी रमेश श्रेष्ठ र काशीपानी वन उपभोक्ता समितिका सकृय सदस्य उमा श्रेष्ठलाई सम्मान गरिएको राधाकृष्ण मन्दिरका संस्थापक समाजसेबी कृष्णप्रसाद श्रेष्ठ केपीले बताउनु भएको छ । उहाँले प्यूठान जागरण डटकमसंग कुरा गदै भन्नुभयो २०४६ साल चैत्र २५ गते रामनवमीका दिन स्थापना गरि ४७ सालबाट विधिवत रुपमा पुँजा आर्चना सुरु भएको संस्थापक अध्यक्ष केपीले बताउनु भयो ।
सम्मान कार्यक्रममा सम्माति हुने बसन्तलाल शाक्यले सामाजिक काम गर्नेलाई सम्मान गर्ने परापुरबक कालबाट चलिरहेकाले संस्थाले अबलम्बन गरि आफुहरुलाई सम्मान गरेको प्रति आभारव्यक्त गर्नुभएको थियो । खलंगामा भएका नेवारि साँस्कृतिक परम्पराहरु जिल्लाभरिकै सम्पदा रहेको हुँदा बचाउन सबैपक्ष लाग्न आबस्यक रहेको औल्याउनु भएको थियो ।


समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ केपीको तर्फबाट उक्त सम्मान गरिएको आयोजक संस्थाले बताएको छ । २०४९ र ५४ को निर्वाचनमा तत्कालिन खलंगा गाबिसको अध्यक्षमा निर्वाचित भएका समाजसेवी कृष्ण प्रसाद श्रेष्ठ केपीले व्यक्तिगत लगानी र अन्यठाउबाट चन्दा उठाई राधाकृष्ण मन्दिर स्थापना गर्नु भएको थियो ।
बुवा श्याम प्रसाद श्रेष्ठ र आमा तुल कुमारी श्रेष्ठको कोखबाट जन्मिएका केपी ७६ बर्षको हुनुभयो । मल्लरानीको झाकृस्थानमा ट्रर्स निमार्ण, मल्लरानी डाडाँमा बस्ने कुर्सीहरु, राधाकृष्ण मन्दिरमा सहयोग बिद्यालयमा सहयोग गदै आउनु भएको छ । केपीले आफु बाच्दा सम्म सकेसम्मको योगदान समाजलाई गर्ने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *