स्थानीय तहसंग समन्वय गरि काम गर्छु : प्यूठान प्रनाउ थापा
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
भाद्र २७ । प्यूठानका नव आगन्तुक प्रहरी नायव उपरिक्षक इश्वर थापाले स्थानीय तहसंग मिलेर शिर्जनशिल काम गर्न खोजेको बताउनु भएको छ । बुधबार संचारकर्मीहरु संग खलंगा जिल्ला प्रहरी कार्यालयको सभाहलमा छलफल गदै प्रहरी नायव उपरिक्षक थापाले यातायातको समस्या, बढ्दो आत्माहत्या, जबरजस्तीकरणी लगायतका चेतनामूलक काम पत्रकार, नागरिक समाजसंग मिलेर गर्ने सोच बनाएको बताउनु भएको थियो ।
संगठनले जिल्लाको अपराध नियन्त्रण लगायतका अन्य काम गर्ने गरि जिम्मा दिएर पठाएको हो मैले जिल्लाबासीको मन जितेर काम गर्ने छु थापाको भनाई छ । जिल्लाका संचारकर्मीबाट प्रहरीलाई सहयोग हुने अपेक्षा समेत रहेको उहाँले बताउनु भएको थियो ।
पर्वहरु सुरु हुन लागेकाले यातायातमा भएको समस्या सुधार गर्न सहभागी संचारकर्मीहरुले सुझाव दिएका थिए । प्रत्येक स्थानीय तहमा फरक समस्या भएकाले त्यही अनुसार समन्वय गरी अगाढी बढ्न पर्ने आबस्यकता रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष संजय रिजालले बताउनु भएको थियो ।
सामाजिक जनचेतनाका काम पनि प्रहरीले विगतमा गरेको हुँदा आगामी दिनमा गरिने कृयाकलापमा पत्रकार महासंघ प्यूठानले गर्नुपर्ने सहयोगमा आफुहरु प्रतिबद्ध रहेको रिजालले उल्लेख गर्नु भएको थियो ।