२०८०, ६ आश्विन शनिबार ०८:३३

विचारलाइ निखार्न : समताको प्रशिक्षण कार्यक्रम

लोकेन्द्र सुनार प्यूठान जागरण डटकम
असोज, ५ । शनिवार खंलगा प्यूठानमा जातीय समता समाजले आयोजना गरेको ३ दिने प्रशिक्षण कार्यक्रममालाई सम्बोधन गदै राष्ट्रिय सभा सदस्य जातीय समता समाजका केन्द्रिय अध्यक्ष तुल बहादुर बि.क राजेशले बिचारलाई माझ्न बेला बेला प्रशिक्षण कार्यक्रम आबस्यक रहने बताउनु भएको छ ।

असोज ५, ६ र ७ गते सम्म संचालन हुने बैचारिक जिल्ला प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै बिकले समाजमा उत्पन्न भएका बिचारहरुलाई छुट्याउन दृष्टिकोण निमार्ण गर्न प्रशिक्षणले महत्वपुर्ण भूमिका खेल्र्ने बताउनु भएको थियो । बिकले राष्ट्र, जात, प्रजाती, प्रथा बारे सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खडकाले कार्यक्रममा देशको राजनैतिक अबस्था खतरामा रहेको उल्लेख गर्नु भएको थियो । बिभिन्न धर्म र जातका नाममा आन्दोलन सुरु भएको उहाँले बताउनु भएको थियो । खडकाले मुलुक प्रतिगमनमा जाने खतरा रहेको बताउनु भएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता राम पहाडीले बैचारिक दृष्टिकोण उठाउन आबस्यक रहेको बताउनु भएको थियो । पहाडीले जात व्यवस्थामा सामन्ति संस्कार समाजको समस्या रहेको बताउनु भएको थियो ।

बामपन्थी नेता बासुदेब पोख्रेलले पुरातनबादी सोचाईबाट अब अगाडी बढ्न नसकिने बताउनु भएको छ । सहभागीहरुलाई प्रशिक्षण दिदै विचारलाई सफा गरि सहि दृष्टिकोण निमार्ण गर्न राष्ट्रिय जनमोर्चा अग्रसर रहेको बताउनु भएको थियो । पछिल्लो समय हल्लाका पछाडि लाग्ने जमात भएकाले समस्या पैदा भएको पोख्रेलले बताउनु भएको थियो ।

२०४५ सालबाट नेकपा मसाल संग निकट रहेको जातीय समता समाजले बर्गिय आधारमा शोसित पीडित जनताको आन्दोलन संग जोडेर दलित समुदायको राजनैतिक चेतना अभिबृद्धि गर्न महत्वपुर्ण भूमिका खेल्दै आएको छ ।

जातीय समता समाजका जिल्ला अध्यक्ष शंसेर परियारको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष बिनोद बि.कले राख्नु भएको थियो भने संचालन खिम बिश्वकर्माको रहेको थियो । प्यूठानका १ सय जना प्रतिनिधि रहेको प्रशिक्षण कार्यक्रम सकिए पछि जिल्ला भेला पनि गरिने जिल्ला अध्यक्ष शंसेर परियारले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *