२०८०, ७ आश्विन आईतवार १७:००

जातीय समता समाज प्यूठानको जिल्ला भेला सम्पन्न

प्यूठान जागरण डटकम
असोज, ७ । जातीय समता समाज प्यूठानको सातौं जिल्ला सम्मेलनले संसेर परियारको अध्यक्षतामा १७ पुर्ण, ४ बैकल्पिक र ५ सल्लाहकार चयन गदै आइतबार सकिएको छ ।

असोज ५, ६ र ७ गते आयोजना गरिएको बैचारिक प्रशिक्षण कार्यक्रम सकिए लगत्तै जिल्ला भेला खलंगामा गरिएको थियो । जसको उपाध्यक्षमा सुर्य बहादुर नेपाली, सचिव खिम बहादुर बि.क, कोषाध्यक्ष बिनोद बि.क, सहचिव बिनोद बि.क (स्वर्गद्वारी ) चयन भएका हुन् ।

सदस्यमा चद्र बहादुर नेपाली, अमर बिटालु, सुकमाया बि.क, बिनोद बि.क, कृष्ण बहादुर सुनार (केबी), बाबुराम बि.क, मिन बहादुर बस्याल, रामकृष्ण बि.क, सुकमेली परियार, भक्त बहादुर बि.क, रुमा बि.क, तेज बहादुर बि.क, मनोज बि.क, रहेका छन् ।

भेलाले केशर बि.क, लोक बहादुर बि.क, पुष्पा बि.क, पुनाराम परियारलाई बैकल्पिक सदस्यमा चयन गरेको छ । खगेश्वर सुनार, दिलिप बि.क, लोकेन्द्र सुनार, बेगम नेपाली, टेक बहादुर परियार लाई सल्लाहकारमा चयन गरेको छ ।

जिल्लाभरमा जातीय समता समाजको संगठन निमार्ण अभियान संचालन गर्ने कार्ययोजना रहेको नवनिर्वाचित समता समाज प्यूठान अध्यक्ष संसेर परियारले बताउनु भयो । सबै स्थानीय तहमा दलित समुदायसंग नजिक रहेर काम गर्ने परियारले प्यूठान जागरण डटकमलाई बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *