झिमरूकको प्रथम महिला सम्मेलन सम्पन्न
प्यूठान जागरण डटकम
आश्विन १२ । अखिल नेपाल महिला संघ झिमरूक गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । महिलाहरुको हक हितमा राष्ट्रिय जनमोर्चाले बिगतमा ऐतिहासीक भूमिका निर्वाह गरेकाले सबै महिलाहरु माक्सवादी लेलिनबादी मोर्चामा एकताबद्ध हुनु पर्ने अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष पदमा पण्डितले बताउनु भएको थियो ।
सम्मेलनमा नेकपा मसाल र बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले लिएका नीति कार्यक्रमहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय महिलाहरुको सम्मान गर्ने अखिल नेपाल महिला संघका केन्द्रिय सचिव तारा जिसीले बताउनु भएको थियो । सम्मेलनमा नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी, राजमो लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव पोख्रेल, जातीय समता समाज प्यूठानका सचिव खेम बहादुर विक, सउदी अरव नेपाली एकता समाजका महासचिव हरि प्रसाद शर्मा, राजमो प्यूठानका कोषाध्यक्ष तथा झिमरुक गाउँपालिका समिति अध्यक्ष टीका जिसी, अनेम संघका केन्द्रीय पार्षद तारा पुरीले सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए ।
यसैबिच सम्मेलनले शकुन्तला जिसीको अध्यक्षतामा १३ पूर्ण ४ बैकल्पिक र सल्लाहकार चयन गरेको छ । जसको उपाध्यक्ष खिमा श्रेष्ठ, सचिव तुलसा केसी, सह सचिव मन्जु एम्सी, कोषाध्यक्ष पशुपति ज्ञावली, सदस्यहरू बसन्ता जिसी, संगिता परियार, राधा जिसी, बसन्ता विक, दिलमाया पोख्रेल, कृष्णा विक, राधा पछाई, कल्पना जिसी, कमला बस्नेत, सिमा विक, रमा परियार, केशरा पोख्रेल र अन्जना घर्ती मगर चयन भएका छन् ।
सल्लाहकार समितिमा कविता जिसी, पार्वता खड्का, गोमा विक, इन्दु सुनार, कमला रिजाल, दीपा रिजाल, विना विक, गिता महतरा रहनु भएको छ । नव निर्वाचित समितिलाई राजमो केन्द्रीय सदस्य नारायण जिसीले जिल्लामा महिलाहरुको हक हितमा लाग्न पर्ने आबस्यकता रहेको बताउनु भएको थियो । कार्यक्रमको अध्यक्षता बसन्ता जिसीको रहेको कार्यक्रमको संचालन सचिव तुलसा केसी र स्वागत बसन्ता केसीले गर्नुभएको थियोे ।