२०८०, १३ आश्विन शनिबार १७:४४

संस्थागत पारदर्शितामा प्यूठानका यातायात व्यवसायीहरुको प्रश्न

प्यूठान जागरण डटकम
१३ आश्विन, प्यूठान । स्वर्गद्वारी गौमुखी यातायात प्रालीको बैधानिक्ता माथि प्रश्न गदै एक समुहले पत्रकार सम्मेलन गरेको छ । स्थापना भएदेखी हालसम्म नियमित लेखापरिक्षण, साधारणसभा, कम्पनी अध्यावधिक नभएको भन्दै व्यवसायीहरुले आपत्ति जनाउदै शनिवार जुम्रीमा पत्रकार सम्मेलन गरेका थिए ।

बि.स. २०७६ सालमा स्थापना भएको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि.को बैधानिकता माथी व्यवसायीहरुले प्रश्न उठाएका छन् । स्वर्गद्वारी गौमुखी यातायात प्रालीका कानूनी सल्लाहकार मेघराज भट्टले कार्यसमितिको समायवधी ४ बर्ष भन्दा माथीको बिकल्प नभएको बताउनु भएको छ । उहाँले प्यूठान जागरणसंग कुरागदै संस्था संचालन, सेयर सदस्यता, साधारणसभा, अधिबेशनको बिषयमा व्यवसायीहरुले प्रश्न उठाउनु स्वभाविक भएको बताउनु भएको छ ।

गत भदौ १६ गते भएको प्रालिको साधारण सभाले असौज १३ गते अधिवेशन गर्ने सहमति गरेको थियो । व्यवसायीको म्याण्डेट विपरित विबिध कारण देखाएर अधिवेशन अनिश्चित कालका लागि स्थगित गरेको भन्दै आबद्ध सदस्यहरुले आपत्ति जनाउदै पत्रकार सम्मेलन गर्नुपरेको यातायात सेवा प्रा.लिका सदस्य हरि खड्काले बताउनु भएको थियो ।

व्यवसायीबाट संस्थाले उढाउनुपर्ने रकम ढिला भएकाले संस्थामा सेयर सदस्य नविकरणमा केही समस्या भएको स्वर्गद्वारी गौमुखी यातायात प्रालीका महासचिव कुमार श्रेष्ठले बताउनु भएको छ । केही व्यवसायीहरुलाई चुनाव मात्रै चाहिएको संस्था बचाउन नखोजेको उहाँको आरोप छ । संस्थाको बिधान अनुसार समिति चल्ने महासचिवको भनाई छ ।

नेपाल सरकारले २०७६ जेठ १३ गते कम्पनि ऐन अनुसार सबै यातायात व्यवसायीहरुलाई नियम लगाएपछि तत्कालिन स्वर्गद्धारी यातायात व्यवसायि समित र गौमखी यातायात समिति एकीकरण भई कम्पनि ऐन अनुसार कम्पनि रजिष्टार कार्यालयमा ५६ लाख १० हजार चुक्ता पुँजी राखेर स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.लि. दर्ता भएको थियो । २ सय १८ जना सदस्य रहेको प्रा.ली.को दर्ता भए यता ४ बर्ष करचुक्ता पनि नगरिएको, लेखापरिक्षण नियमित नगरिएको, साधारण सभा पनि नगरिएको र कम्पनि रजिस्टार कार्यालयमा अध्यावधिक नभएको व्यवसायीहरुले आरोप लगाएका छन् ।

यातायात व्यवसायिहरुले हरेक महिना न्युनतम ९ हजारका दरले संस्थामा टिपशुल्क तिर्दा महिनाको करिब २० लाख रुपैया व्यवसायिहरुबाट प्रालीले असुल्दै आएको उल्लेख गदै संस्थाको हिसाव पार्दर्शिता नभएकाले यो समस्या आएको प्रालिका सदस्य हरि खडकाले बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *