२०८०, २९ आश्विन सोमबार ०८:००

विचार नमिल्नेहरुको गठबन्धन टिक्दैन : एमाले अध्यक्ष ओली

प्यूठान जागरण डटकम
असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार बाहिर भएपछि बिकासका काम थप्प भएको बताउनु भएको छ । आइतबार प्यूठानको एक कार्यक्रमलाई सम्बोधन गदै ओलीले आफु प्रधानमन्त्री भएको बेला नेपालका सबै सदमुकाम छुने २ सय १० वटा बाटा, ३ सय ९६ अस्पताल एकैपटक शिल्यान्यास गरेको बिकास विरोधीहरुलाई नपचेको बताउनु भएको भयो ।

सुखि नेपाली समृद्ध नेपाली बनाउने एमालेको उदेश्य पुरा हुन नदिन विरोधिहरु आत्तिएर बिचार नै नमिलेकाहरु गठबन्धन गर्न परेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभएको थियो । एमालेलाई भित्तामा पु¥याउछौ भन्नेहरु आज आफै अरुको शरणमा परि काम गर्नु परेको कुरा ओलीले स्मरण गराउनु भएको थियो ।

आइतबार जुम्री आयुष्मा होटलमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले अरुपाटीलाई मन्त्री सासंदको मात्र योजना बनाउने देशको कुनै चिन्ता नभएको अरोप लगाउदै आफुहरु जहिले पनि जनताको पक्षमा उभि पदप्रधान नठान्ने बताउनु भएको थियो ।

अध्यक्ष ओलीले आउदो ८४ मा हुने निर्वाचनमा एमालेले बहुमत कायम गर्ने बताउदै एमालेका नेता कार्यकताहरु जनताको माझमा गएर काम गर्न निर्देशन दिनुभएको थियो । एमालेका विरुद्व पुर्व र पश्चिम भएका फरक विचारका पाटीहरु जबरजस्ती गठबन्धन गर्नुपरेको व्यङ्य गदै माकुराको जालोमा भैसी कदापी नपर्ने बताउनु भएको थियो ।

हामीलाई जालोमा हाली देश चलाउन खोज्नु मुर्खता हो ओलीले भन्नुभयो । करिब ३ दशक पछि हेलिकप्टरबाट प्यूठान आउनु भएका ओलीले स्वर्गद्वारी दर्शन गरि जुम्रीमा कार्यकतालाई सम्बोधन गरि नौ बहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *