अवकाश प्रहरीलाई पहिलो पटक उद्यमशिल शिक्षा
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
मंसिर १७ । सेवा अबकाश पछि समाजमा उद्यमशिल व्यवसायमा प्रहरीलाई कृयाशिल बनाउन आबस्यक रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक ईश्वर थापाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा भएको एक दिने सेवा निवृत्त हुने प्रहरीहरुलाई व्यवसाय उद्यमशिलता सम्बन्धी कार्यशाला गोष्ठिमा थापाले सेवा अबकाश भएपछि निरन्तर व्यवसायमूलक काममा जोडिन प्रेरेरित हुने गरि यस्तो कार्याशाला आयोजना गरिएको बताउनु भएको हो ।
कार्यशालाले अबकास हुने प्रहरीहरुलाई मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने प्रनाउ थापाले बताउनु भएको छ । राज्यमा भएका नितिगत कुरा जानकारी गराई आगामी दिनमा उद्यमबिकासका लागी जिल्लाका कार्यालयहरु संग समन्वय गरि कार्यक्रम गरिएको थापाले बताउनु भएको थियो ।
सेवा सकिए पछि घर समाजमा प्रहरी साथीहरु आफ्ना अनुभव सहित रचनात्मक कार्य गर्न सकिने घरेलु तथा साना उद्योग बिकास समितिका प्रमुख सरोज भण्डारीले बताउनु भएको थियो । उद्यमशिल बन्नका लागि व्यवसाय दर्ता गरि राज्यको नितिमा स्पष्ट हुनपर्ने उहाँले बताउनु भएको थियो ।
कार्यशालाको सहजीकरण गदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान गिरीले नेपाल कृषि प्रदान देश भएकाले प्रहरीहरु कृषि व्यवसायमा लाग्न सुझाव दिनुभएको थियो । गिरीले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रहरीको भूमिका महत्वपुर्ण हुने बताउनु भएको थियो ।
नेपालमा वन पैदावारको क्षेत्रमा ठूलो संभावना रहेकाले यस्तो क्षेत्रमा काम गर्न प्रहरीहरुलाई डिभिजन वन कार्यालय प्यूठानका रेञ्जर हरी पौडेलले बताउनु भएको थियो । नेपालमा सामुदायिक वनक्षेत्रमा बसेर आफ्ना अनुभवलाई परिचालन गरि जैविक विविधता बिकासमा राष्ट्रसेवकको महत्व झनै महत्वपुर्ण रहने उल्लेख गर्नु भएको थियो ।
कार्यशालामा एकिकृत पशुपक्षि बिकास कार्यालय, राष्ट्रिय बाणिज्य बैंकको पनि सहजीकरण रहेको थियो । कार्यशालामा १ बर्ष पछि अबकाश हुने प्रहरीको उपस्थिति रहेको थियो । जिल्ला मात्रै नभई प्रहरी क्षेत्रमा अबकाश पछिको उद्यमशिल व्यवसाय सम्बन्धी शिक्षा कार्यशाला पहिलो भएको बुझिएको छ । कार्यशाला जिल्ला प्रहरी कार्यालय प्यूठानको सभाहल खंलगा प्यूठानमा भएको थियो ।