२०८०, २१ पुष शनिबार २०:४४

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ प्यूठानको अध्यक्षमा गिरी निर्वाचित

प्यूठान जागरण डटकम
पुष २१ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानको छैटौँ अधिवेशनले रमेश गिरीलाई अध्यक्षमा चयन गरेको छ । बाग्दुला प्यूठानमा भएको १३ औं साधारणसभा तथा छैठौँ अधिवेशनले ११ सदस्य रहेको कार्यसमिति गठन गरेको नवनिर्वाचित अध्यक्ष रमेश गिरीले जानकारी दिनुभएको छ ।

Exif_JPEG_420

समितिको प्रथम उपाध्यक्ष बलदेव आचार्य, द्धितिय उपाध्यक्ष टिकाराम पुन, सचिव श्रीधर रिजाल, कोषाध्यक्ष जगत जिसी रहनु भएको छ । यस्तै सदस्यहरुमा अर्जुन बहादुर केसी, प्रकाश जिसी, चन्द्रकला श्रेष्ठ, खेमराज सुवेदी, कृष्ण रोकाय, टिकाराम शर्मा चयन हुनु भएको छ । प्रदेश प्रतिनिधिमा रूक बहादुर खत्री तथा केन्द्रीय प्रतिनिधिहरुमा ईश्वर विष्ट, विनोद भण्डारी रहनु भएको छ ।

जिल्ला अधिवेशनमा प्रदेश सदस्य मुक्ति प्रसाद पन्थी, प्युठान नगरपालिकाका पुर्व प्रमुख अर्जुन कुमार कक्षपती, जिल्ला शिक्षा समवन्य ईकाइका प्रमुख शिब पण्डित, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य बालाराम पोख्रेलले पुस्तक तथा स्टेशनरी व्यवसायीलाई व्यवस्थित, मर्यादिन बनाउन आबस्यक रहेको औल्याएका थिए । सामाजको विद्यमान बिकासमा पुस्तक तथा स्टेशनरीले ठूलो योगदान गरेको बोल्ने बक्ताहरुले चर्चा गरेका थिए ।

Exif_JPEG_420

जिल्ला सचिव श्रीधर रिजालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष जगत जिसीले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष शुभास चन्द्र भण्डारीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव श्रीधर रिजालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *