२०८०, ५ फाल्गुन शनिबार २०:३६

सुनचाँदी व्यवसायी संघ प्यूठानको सधारणसभा सम्पन्न

प्यूठान जागरण डटकम
फागुन ५ । नेपाल सुनचाँदी व्यवसायी संघ प्यूठानको १० औं साधारणसभा एक कार्यक्रमका बिच शनिवार जुम्रीमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गदै नेपाल सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सदस्य अम्बर बहादुर सुनारले सुनचाँदी व्यवसायीहरु एकतावद्ध हुनुपर्ने बताउनु भएको थियो । सुनारले जिल्ला बाहिरबाट अवैधरुपमा आउने गहना तथा धातुजन्य कारोवारीलाई निगरानी गर्नुपर्ने आवस्यकता रहेको बताउनु भएको थियो ।

संघका प्रेस सल्लाहकार लोकेन्द्र सुनारले संस्थाले व्यवसायीको हितमा संस्थाले रचनात्मक काम गर्नुपर्ने औल्याउनु भएको थियो । देशको ठूलो अर्थतन्त्रसंग जोडिएको व्यवसायलाई जिल्लामा व्यवस्थित गरि अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो । संस्थाको विकासमा आफुले सक्दो सल्लाह दिई कार्यसमितिसंग सहकार्य गरि काम गर्ने सुनारले बताउनु भएको थियो ।

संघकी साधारण सदस्य स्वर्गीय बिना सुनारलाई मरणोपरान्त सम्मान दिदै उहाँकी छोरी श्रृष्टि बिकलाई १७ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो । साथै संस्थाका संस्थापक सदस्य बयोवृद्ध व्यवसायी लक्षण सुनार पन्थीलाई सम्मान गरिएको थियो भने संस्थाका प्रेस सल्लाहकार लोकेन्द्र सुनारलाई साधारणसभाको अबसरमा सम्मान गरिएको हो ।

संस्थाको प्रगति प्रतिबेदन संंघका महासचिव अनिल बि.क र आर्थिक प्रतिबेदन कोषाध्यक्ष दिपक सुनारले सभामा प्रस्तुत गर्नु भएको थियो । संस्थामा भए गरेका गतिबिधिहरुलाई साधारणसभामा छलफल गरिएको थियो ।

 

उपाध्यक्ष बिरु पन्थीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष रामचन्द्र सुनारको रहेको थियो । जिल्लाका सुनचाँदी व्यवसायीहरुको उपस्थितिमा कालिका होटलमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *