ॐ वहुउद्देश्यीय सहकारीका सदस्यलाई स्वास्थ्य उपचारमा २० प्रतिशत छुट
प्यूठान जागरण डटकम
फागुन २१ । ॐ वहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरुलाई २० प्रतिशत स्वास्थ्य उपचारमा निमतारा पोलिक्नीकले छुट दिने सहमति भएको छ । ॐ वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र सुनार र निमतारा पोलिक्लिनीकका संचालक डा. सुबास जिसीले सहकारी संस्थाका सम्पुर्ण सेयर सदस्यलाई चार बर्षका लागि स्वास्थ्य उपचारमा छुट सुबिधा दिने सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
करिब आठ सय सेयर सदस्य रहेको सहकारीका सदस्यले सेवा लिन आउदा संस्थाको आदिकारीक पासबुक, परिचय–पत्र हुनुपर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ । रगत जाचँ, पिसाव जाचँ, एक्सरे, भिडियो एक्सरे लगायतका अन्य स्वास्थ्य सेवा लिन सहकारीका सेयर सदस्यलाई सुबिधाको व्यवस्था गरिएको हो ।
सहकारीका सदस्यहरुलाई सुबिधाहरु दिने सवालमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिएको सहकारीका अध्यक्ष लोकेन्द्र सुनारले बताउनु भएको छ । स्वास्थ्य संगै आर्यआर्जन, शिक्षा, बचत तथा सृजशिल काममा माथी उठाउन अन्य कृयाकलापहरु पनी गदै जाने अध्यक्ष सुनारले बताउनु भएको छ । सहकारी २०५७ सालमा स्थापना भएको हो ।
सोमबार बिजुवारमा भएको हस्ताक्षर कार्यक्रममा निमताराका संचालक डाक्टर प्रकाश जिसी, ॐ वहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बसन्तलाल श्रेष्ठको रोहवर रहेको थियो । संस्थागत रुपमा अस्पतालबाट अधिकतम छुट सेवा लिने पहिलो सहकारी भएको निमतारा पोलिक्नीकका संचालक डाक्टर प्रकाश जिसीले बताउनु भएको छ ।