२०८१, १३ बैशाख बिहीबार १६:०५

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको अधिवेशन तयारि तिब्र

प्यूठान जागरण डटकम
बैशाख १३ । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोश्रो जिल्ला अधिबेशन बेशाख १५ गते हुने भएको छ । बिहिवार जुम्रीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा शाखाका अध्यक्ष लोकेन्द्र सुनारले जिल्लाको दलित आन्दोलनमा यो कार्यक्रम ऐतिहासीक हुने बताए । १५ गते बिहान मिडियामा दलितको सहभागीता र जात व्यवस्था बिषयक अन्तरकृया कार्यक्रम गरिने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।

दलित जातीलाई संचारमाध्यममा उल्लेख्य सहभागीता बनाउन महत्वपुर्ण भूमिका खेल्ने योजना बनाइ संघका केन्द्रिय अध्यक्ष बिनोद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, पुर्व प्रदेश सासंद दलित अधिकारकर्मी उमादेबी बादी, पुर्व दक्षिण अर्फिकाका राजदुत डा. निर्मल बिश्वकर्मा तथा दलित अधिकारकर्मी खगेन्द्र सुनार वक्ताको रुपमा प्यूठान आउने कार्यक्रम तय भएको अधिबेशन मूल आयोजक समितिका संयोजक लोकेन्द्र सुनारले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभएको छ ।


यस्तै १५ गते दिउसो शनिवार दलितको शिप संग जोडिएका बस्तुहरु प्रर्दशनीमा राखिने छ । कार्यक्रममा जनचेतनामूलक साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत हुनेछन् । जिल्ला लगायत लुम्बिनी प्रदेशमा दलितको क्षेत्रमा काम गरेका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । पत्रकार महासंघ प्यूठान र अन्य पेशागत पत्रकार संगठनहरुले कार्यक्रमको सफलताको शुभकामना दिदै त्यस दिन संस्थाको तर्फबाट आफ्नो प्रतिबद्धता सहितको व्यानर राख्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *