जनतामा न्यायको अनुभूति दिलाउछौं : जिल्ला न्यायाधिश खनाल
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
बैशाख २६ । प्यूठानका न्यायाधिश पुनाराम खनालले जनतामा न्यायको अनूभूति हुने गरी न्याय क्षेत्रमा आफुहरुले कार्य सम्पादन गरेको बताउनु भएको छ । ७२ औ कानून दिवशको अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै देशमा सबैधानिक सर्बोच्चता दिलाउन तिन तहका अदालतको ठूलो भूमिका रहने उल्लेख गर्नु भएको हो । राज्यको बिकास समृद्धि कस्तो छ भन्नेकुरा कानूनसंग महत्वपुर्ण अर्थ राख्ने न्यायधिश खनालको तर्क थियो ।
कार्यपालिका संगसंगै मिलेर अगाडी बढेमा मात्र कानून प्रभावकारी हुने जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसीले बताउनु भएको छ । “जनताले न्याय स्वच्छ तरिकाले महशुस गर्नु पर्छ प्रमुख जिसीले भन्नुभयो ।” न्यायको कार्यान्वय गर्ने व्यक्तिहरुले साझेदारी गर्न सकेमा न्यायको सही परिपालन हुने जिसीले बताउनु भएको थियो ।
कानून आफैमा अमुर्त कुरा हो यसको बेला बेला संशोधन भै रहने हुँदा जनताको आबस्यकता कानून बन्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताउनु भएको थियो । उहाँले आफुहरु कानून कार्यान्वयन गराउने तहमा भएकाले जनतालाई न्याय दिन कुनै कसर बाकी नराख्ने बताउनु भएको हो ।
प्यूठान जिल्ला अदालतको बैठक कार्यकक्षमा आयोजना गरिएको कानून दिवशको अबसरमा प्यूठान क्याम्पसका प्रमुख कल्पना खडका, नेपाल बार एसोसीयसन जिल्ला बारइकाइ प्यूठानका सचिव महेन्द्र प्रसाद न्यौपानेले शुभकामना व्यक्त गदै न्याय हराएको देश भनी देशमा हल्ला चल्ने स्थिति आउन नदिन छिटो, छरितो न्यायको आबास दिलाउन अदालत गम्भिर हुनपर्ने बताएका थिए । प्यूठान जिल्ला अदालतका श्रेस्तेदार गणेश कुमार गौतमको संचालनमा बुधबार खलंगामा भएको कार्यक्रममा स्थानीय तहका प्रमुख, कार्यालय प्रमुख, कानून व्यवसायी, पत्रकारहरुको उपस्थिति रहेको थियो ।