गन्दर्व जातीका महिलाहरु सारङ्गी बजाउन सिक्दै
प्यूठान जागरण डटकम
जेठ १४ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा ऐरावति गाउँपालिका ५ सिदुरे डाडाँमा सारङ्गी बजाउने तालिम सुरु भएको छ ।
गन्दर्वहरुको बाहुल्यता भएको सिन्दुरे डाडाँमा उनीहरुको समुदायका १० जना महिलाहरुलाई व्यवसायीक सारङ्गी बजाउने तालिम दिएको हो । महिलाहरुलाई स्वरोजगार र आर्यमूलक कार्यमा लगाउन पृथक खालको कार्यक्रम आयोजना गरिएको सामाजिक बिकास डिभिजन कार्यालयका प्रमुख पुण्य प्रसाद न्यौपानेले बताउनु भएको छ ।
यस्तै कार्यक्रमको सहकार्य गर्ने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक डिएस्पी इश्वर थापाले महिलाहरुको क्षमता बिकास संगै उनीहरुलाई आर्यआर्जनमा जोडन कार्यक्रम निकै फलदायी हुने बिश्वास व्यक्त गर्नु भएको छ । सोमबार सिदुरे डाडाँमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको कार्यक्रमलाई सम्बोधन गदै थापाले साँस्कृतिक बिकासका लागि तालिम महत्वपुर्ण हुने उल्लेख गर्नु भएको थियो ।
सो वडाका अध्यक्ष चन्द्र बहादुर रोका मगरले शिक्षा स्वास्थ्य लगायतका कुरामा गन्दर्व समुदायहरु सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष रोकाले सिन्दुरे डाडाँलाई सुन्दर डाडाँ बनाई नमूना काम गर्ने सबै लाग्नुपर्ने बताउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष तथा पत्रकार लोकेन्द्र सुनारले इतिहास हेर्दा गन्दर्वहरु सारङ्गीको धुनसंगै गाउँगाउँमा गीतसंगीत मार्फत समाचार सुनाउदै हिड्ने संचारको महत्वपुर्ण काम गरेको स्मरण गराउनु भएको थियो । सारङ्गी बजाउने पेशा हिजो बालिघरे थियो आज आधुनिकिकरण भएको छ हामीले गौरव गर्नु पर्छ सुनारले भन्नुभयो ।
कार्यक्रममा पत्रकार, नागरिक समाज, स्थानीयबासी लगायतका व्यक्तिहरुको सहभागीतामा रहेको थियो । स्थानीय अर्जुन गन्दर्वको संचालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य ध्रुव गन्र्दवले गर्नु भएको थियो भने अध्यक्षता सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्य प्रसाद न्यौपानेको रहेको थियो ।