सार्वजनिक यातायात सुधारका लागि ज्ञापन–पत्र

प्यूठान जागरण डटकम
जेठ १४ । राष्ट्रिय जनमोर्चा प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानमा सार्वजनिक यातायात सुधार गर्न माग गदै ज्ञापनपत्र बुझाएको छ । राजमोका जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ “सार्वजनिक यातायातको भाडादर समय सापेक्ष र सडकको स्तरमा हुने परिवर्तनमा आधारित हुनु पर्छ ।
जिल्लामा चल्ने सार्वजनिक यातायातका साधानहरुले चर्को भाडा उठाउने गरेको आरोप लागेको छ । सार्वजनिक यातायातको भाडा जिल्लामा मापदण्ड बिपरित हुँदा आफुहरु जनताको प्रत्यक्ष सरोकार रहेको यातायातको बिषयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रद्वारा ध्यानाकर्षण गरिएको राष्ट्रिय जनमोर्चा प्यूठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले प्यूठान जागरण डटकमलाई जानकारी गराउनु भएको छ ।
जिल्लाका कैयौं यस्ता बिषयमा राष्ट्रिय जनमोर्चाले सम्बन्धीत निकायलाई सचेत गराउदै जनताको पक्षमा काम गरि रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले सार्वजनिक भाडादर संमायोजक गरी लागु गराउन प्रमुख जिल्ला अधिकारीले शिघ्र पहल लिने बिश्वास लिएको बताउनु भएको हो ।