२०८१, २३ जेष्ठ बुधबार २१:४१

मल्लरानी गाउँपालिकाको ५ वटै वडामा दलित कार्यक्रम

प्यूठान जागरण डटकम
जेठ २३ । मल्लरानी गाउँपालिका स्तरीय दलित शसक्तिकरण कार्यक्रम मल्लरानी गाउँपालिका ३ बाट समापन भएको छ । मल्लरानी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट सुरु भएको दलित शसक्तिकरण कार्यक्रम ३ नम्बर वडामा ५ दिन पछि सकिएको हो ।


दलितहरुको आर्थिक, सामाजिक तथा अन्य कुरामा सुधार ल्याउन र जातीय भेदभाव तथा छुवाछुत न्यूनिकरणका लागि तालिम आयोजना गरिएको मल्लरानी गाउँपालिकाले जनाएको छ ।
जातीय विभेद, लागुऔषध र घरेलु हिंसा न्यूनिकरणको कार्यक्रम सबै वडा स्तरमा आयोजना गरिएको मल्लरानी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रेवती न्यापानेले जानकारी दिनुभएको छ ।
जातीय विभेद अन्त्य गर्न गाउँपालिकाले दलित ऐन बिधेयक बनाउने तयारि गरेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले ४ नम्बर वडाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गदै बताएका थिए । प्यूठानमा प्यूठान नगरपालिका र सरुमारानी गाउँपालिकाले दलित बिधेयक बनाई कार्यपालिकाबाट अनुमोदन गरेका छन् ।परिवर्तन आफुबाट सुरु गरिनु पर्ने मल्लरानी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष नोमराज पौडेलले ५ नं. वडा कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै बताएका थिए ।


दलितहरुको शसक्तिकरणका लागि कार्यक्रम गर्न गैरदलितहरु खासै सकारात्मक नहुने समस्या रहेको मल्लरानी गाउँपालिका कार्यपालिका सदस्य सूर्य बहादुर सार्कीले बताए । हामी दलित समुदायका जनप्रतिनिधिहरुले जसरी भएपनि पालिका भित्र दलित बिधेक अनुमोदन गरी दलितको हक हितमा काम गर्ने योजना गरेको कार्यपालिका सदस्य सुर्य बहादुर सार्कीको भनाई छ । सबै वडामा राष्ट्रिय दलित पत्रकार संघ नेपाल प्यूठान शाखाका संस्थापक अध्यक्ष लोकेन्द्र सुनार र जिल्ला प्रहरी कार्यालय प्यूठानका नविन शाह, आकाश खड्का लगायतले प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *