२०८१, १५ असार शुक्रबार २०:५४

प्यूठान सेवा समाज कतारद्वारा पाण्डेको परिवारलाई आर्थिक सहयोग

लोकेन्द्र सुनार/प्यूठान जागरण डटकम
असार, १४ । प्युठान सेवा समाज कतारले बिजुला पाण्डेको घर परिवारलाई आर्थिक सहयोग गरेको छ । गौमुखी गाउँपालिका ५ खुङ्ग की बिजुला पाण्डे बिकको निधन पछि उहाँका छोरा छोरीको लालन पालनमा समस्या भएको थियो ।
सोही गाउँका वडा अध्यक्ष बरुणध्वज मल्लको अगुवाईमा उक्त परिवारको घर निमार्ण कार्य भै हस्तारण गरिएको वडा अध्यक्षले जानकारी दिनुभयो । प्युठान सेवा समाज दोहा कतारका अध्यक्ष सिताराम सुनारको नेतृत्वमा संकलन भएको आर्थिक सहयोग शुक्रबार एक कार्यक्रमका बिच पाण्डेको परिवारलाई हस्तान्तरण गरिएको सामाजिक अभियन्ता दान बहादुर पाध्यवतीले प्यूठान जागरण डटकमलाई बताउनु भएको छ ।


बिजुला पाण्डेको एक्कासी निधन भएपछि उहाँका १२ बर्षका छोरा र ८ बर्षकी छोरीले आमाको निधन पछि आर्थिक तथा अन्य समस्याबाट गुज्रीनु परेको छ । समस्या थाहाँ पाउने बित्तिकै दोहा कतारमा रही बिगत लामो समयबाट आफ्नो जिल्लामा आर्थिक सहयोग गदै आउनु भएका प्यूठान कतार सेवा समाजका अध्यक्ष सिताराम सुनारको पहलमा ६९ हजार सहयोग वडा अध्यक्ष बरुणध्वज मल्ल मार्फत पाण्डेको घरमा पुगी कतार सेवा समाजका प्रतिनिधि दानबहादुर सुनार पाध्यवतीले बताउनु भयो ।


बिजुला पाण्डेले राम्रो संग उपचार नपाउदा बिरामी भई निधन भएपछि उहाँका श्रीमानले खासै परिवारको ध्यान नदिदा घरपरिवार चलाउन निकै कठिन भएको वडा अध्यक्ष मल्लको भनाई छ । बिजुला पाण्डे बि.कको निधन पछि घर निमार्णमा वडा अध्यक्ष बरुणध्वज मल्ल, गौमुखी गाउँपालिका ५ का दलित महिला सदस्य पुष्पा सुनार, सामाजिक अभियन्ता सन्तोष कुवँर, सामाजिक अभियन्ता रबि चन्द लगायतका व्यक्तिहरुको सकृयतामा घर निमार्ण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *