२०८१, १६ असार शनिबार २०:०२

पत्रकार महासंघ प्यूठानको कार्यालयमा तालाबन्दी

प्यूठान जागरण डटकम
असार १५ । पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको बिजुवार र खलंगामा रहेको कार्यालयमा तालाबन्दी गरिएको छ । पत्रकार शुद्धिकरणको नाममा केही कृयाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निर्णयको विरुद्ध प्रगतिशिल पत्रकार संघ जिल्ला शाखा प्यूठान र नेपाल प्रेस यूनिएन प्यूठानले सयुक्त रुपमा जिल्लाको कार्यालयमा तालाबन्दी गरेको छ ।

आफ्ना माग पुरा नभए सम्म जिल्लामा ताला नखोल्ने दुई संगठनका प्रमुखले बताएका छन् । प्यूठान जागरण संगको कुराकानीमा प्रगतिशिल पत्रकार संघ जिल्ला शाखा प्यूठानका अध्यक्ष प्रज्वल पहाडीले उस्तै प्रकृतिका व्यक्तिहरुको सदस्यता राख्ने र त्यही प्रकारको व्यक्तिको सदस्यता खारेज गर्ने निर्णयमा आफुहरुको असहमति रहेको जनाएका छन् । विभेदकारी निर्णय आफ्नो संगठनले कुनै हालतमा नमान्ने उनले बताए ।


यसैबिच नेपाल प्रेस यूनिएन जिल्ला शाखा प्यूठानका अध्यक्ष मधुसुदन भण्डारीले पत्रकार महासंघको सदस्यता बिधि, बिधान र प्रकृया मिचेर गैर पत्रकारहरुलाई महासंघको सदस्यता दिने प्रकारका निर्णय प्रति नेपाल प्रेस यूनिएनको आपत्ति रहेको जनाएका छन् । मापदण्ड विपरित आस्थाको आधारमा कुनै पत्रकार फाल्ने र कुनै पत्रकारको नाम राख्ने अनैतिक निर्णय नसच्चिए सम्म अनिश्चितकालिन तालाबान्दी गर्ने चेतावनी नेपाल प्रेस यूनियन प्यूठानले दिएको छ ।


जिल्ला शाखाको सर्वसहमतिमा भएको सदस्यता सिफारिसलाई कार्यान्वयन गराउनु पर्ने दवाव जिल्ला शाखाहरुबाट केन्द्रमा परेको छ । सोही बिवादका बिच महासंघको निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । सदस्यता शुद्धिकरणको विषय पेचिलो बन्दै गएपछि निर्वाचनको प्रकृया अन्योल बन्दै गएको हो ।
दुई संगठनहरुले सयुक्त बिज्ञप्ति सार्वजनिक गदै पत्रकार महासंघ प्यूठानको खलंगामा रहेको कार्यालय र बिजुवार स्थित सूचना केन्द्रमा ताल्चा शनिवार लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *