२०८१, १७ असार आईतवार ०७:५४

धान दिवश प्यूठानमा मनाइयो 

प्यूठान जागरण डटकम
असार १५ । शनिवार प्यूठानमा धान दिवश एक कार्यक्रमका बिच मनाइयो । प्युठान नगरपालिका वडा नम्बर ८ गेजबाङ्गमा शनिबार खेतमा जिल्लाका र्कार्यालय प्रमुख र किशानहरुले सयुक्त रुपमा धान रोपी दिवश मनाइएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको आयोजनामा भएको कार्यक्रममा जिल्लाका उत्कृष्ठ किशानलाई सम्मान तथा पुरस्कार गरिएको आयोजना प्रमुख चुमान गिरीले बताउनु भएको छ ।
सम्मान सहित पुरस्कृत हुनेहरुमा गौमुखी गाउँपालिका–३ का किसान वर कुमार न्यौपाने, प्युठान नगरपालिका–८ की बिपना भण्डारी, माण्डबी गाउँपालिका–५ टोपाराम आचार्य, प्युठान नगरपालिका सन्तोष जि सि, प्युठान नगरपालिका –१० हुकुम बहादुर के सि, प्युठान नगरपालिका–८ माधबा गिरी, गौमुखी गाउँपालिका–६ का पदम बहादुर के.सि, प्युठान नगरपालिका–४ भिम बहादुर थापा मगर, लोकराज पोख्रेल प्युठान नगरपालिका –३, बालिका भण्डारी मल्लरानी गाउँपालिका– ४,मुक्ती पोख्रेल प्युठान नगरपालिका –३,भुप बहादुर धामी प्युठान नगरपालिका–१ र पुर्ण बहादुर घर्तिमगर स्वर्गद्वारी नगरपालिका –९ बाट कृषक लाई सम्मान गरिएको कार्यालय प्रमुख चुमान गिरीले जानकारी दिनुभयो ।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा प्युठान जिल्लाका कृषकहरुले गरेका असल कामको श्रव्यदृष्य सामग्रीहरु प्रदर्शन गर्दै कृषिको विभिन्न विधाका उत्कृष्ट १३ जना कृषकहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको हो ।
पुरस्कार प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख धर्म जि.सिले कृषकको समस्या समाधानका लागि पहल गर्न आफू सधैँ तत्पर रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख, किशानहरुको सहभागीतामा शनिवार धान दिवश प्यूठानमा मनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *