प्यूठानको झुङ्दीमा स्याउ खेती
लोकेन्द्र सुनार, प्यूठान जागरण डटकम
असार २४ । झिमरुक गाउँपालिका ८ झुङदी का लिला बहादुर के.सीले आफ्नो बारीमा लटरम्मै स्याउ फलाएका छन् । साडे ४ बर्ष पहिला भारतको हिमाचल सिम्लाबाट बेर्ना ल्याई स्याउ खेती गरेका केसीको अहिले बारीमा स्याउ लोभलाग्दो गरी फलेको छ ।
७ सय जति बेर्ना हिमाचल बाट एक बेर्नाको ८ सय नेपाली रुपैया तिरी ल्याएको केसीले बताउनु हुन्छ । के.सीले स्याउ खेती आफ्नो ३५ रोपनी जग्गामा बिस्तार गर्ने योजना रहेको उल्लेख गर्नुभएको छ । भाले पोथी सुपर रोएल, गोल्डेन जातका स्याउ केसीको बारीमा फलेका छन् । केसीले भन्नुभयो “अहिले ५ रोपनी जतिको जग्गामा स्याउ खेती छ अब बेर्ना बिस्तार गरी व्यवस्थित खेती गर्न चाहान्छु ।”
झिमरुक गाउँपालिका कृषि शाखा प्रमुख टेक बहादुर बि.कले प्यूठान जागरण डटकमका प्रधान सम्पादकसंगको संवादमा स्याउ खादा निकै स्वादीलो रहेको बताउनु भयो । ७ सय बोट उहाँले लगाउनु भएको छ गाउँपालिकामा हामी कुरा गछौं त्यस्ता किशानहरुलाई सरकारी तवरबाट प्राथमिकतामा राखी सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
हामीले उहाँको कृषि फर्मलाई दर्ता गराएर व्यवसायीक तथा व्यवस्थित कृषक बनाउन चाहान्छौं कृषि शाखा प्रमुख बि.कले बताउनु भएको छ । सिन्चाईको समस्या छ चैत्र बैशाखमा सिन्चाई चाहिने भएकाले आबस्यक कुरा सम्बन्धीत पक्षले प्राथमिकता दिनुपर्छ बि.क बताउनु हुन्छ ।
झिमरुक गाउँपालिकाका कर्मचारीहरुको एक टोली फिल्डमा गएका बेला त्यहाँका कर्मचारी ना.प्रा.स बिविध भट्राईले आफ्नो फेसबुक सञ्जालबाट स्याउखेती बारे जानकारी गराउनु भएको थियो । अहिले सामाजिक सञ्जालमा उक्त स्याउ खेतीबारे प्यूठानमा चर्चाको बिषय बनेको छ । लिला बहादुर के.सी जस्ता कृषकलाई स्थानीय तहले प्राथमिकतामा राखी सहकार्य गरेमा स्थानीय कृषकलाई काम गर्न उर्जा मिल्ने कृषकहरुको भनाई रहेको छ ।