मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रको नयाँ कार्य समिति चयन

प्यूठान जागरण डटकम
माघ २ । मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको १९ औ अधिवेशनबाट गत पुष २७ गते निरजला कर्माचार्य अध्यक्षमा निविरोध चयन हुनु भएको थियो । भने ७ सदस्यीय कार्य समिति चयन भएका थिए । बुधबार संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पदाधिकारी तथा जिम्मेवारी बाडफाड गरेको छ ।
संस्थाको उपाध्यक्षमा लक्ष्मण श्रेष्ठ, सचिव पुनम श्रेष्ठ, कोषाध्यक्ष पशुपति श्रेष्ठ, सहसचिव लोकेन्द्र सुनारलाई निर्वाचित कार्यसमितिको प्रथम बैठकले चयन गरेको हो । बैठकले आरती बि.क, निरन्जन श्रेष्ठ र शान्ति घर्तिलाई कार्य समिति सदस्यमा चयन छ ।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक अधिबक्ता महेन्द्र प्रसाद न्यौपानेले प्रमाणपत्र बितरण गर्नु भएको थियो । संस्थालाई थप चलाएमान गदै जिल्लाको हरेक क्षेत्रमा सामाजिक कार्य गर्न संस्थाका अध्यक्ष बसन्तलाल शाक्यले सुझाव दिनुभएको थियो । संस्थाको बिधान अनुसार दुई सदस्य पछि मनोनयन गर्ने मल्लरानी ग्रामिण विकास सरोकार केन्द्रका कार्यकारी प्रमुख बिजय कुमार श्रेष्ठले प्यूठान जागरण डटकमलाई जानकारी दिनुभएको छ ।
संस्थाको सभाहल मल्लरानी गाउँपालिका ४ भञ्याङ्गमा संस्थाका अध्यक्ष बसन्तलाल शाक्यको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ कार्यसमितिका अध्यक्ष निर्जला कर्माचार्यलाई पद तथा जिम्मेवारी हस्तान्तरण गर्नु भएको थियो । यस्तै पहिलो बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।