छोरीको जन्मदिनमा बुबाले दिए २० लाख आजीवन बिमा उपहार
लोकेन्द्र सुनार, भाद्र ११
प्यूठान / दाङमा एक जना अभिभावकले छोरीको जन्मदिन नँया तरिकाबाट मनाएका छन् । घोराही उप–महानगरपालिका १८ का एक अभिवाकले छोरीको जन्मदिनमा २० लाखको आजीवन बिमा गराई जन्म दिन मनाएका हुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स घोराही शाखामा सकृया रही काम गदै आउनु भएका सिनीयर एजेन्सी म्यानेजर लालचन्द्र बन्जाडेले छोरी प्रितु बन्जाडे, रानालाई बिमा पोलीसी उपहार दिनु भएको हो ।
उमेरको मापदण्ड नहुने एक चोटी बिमा अबधी पुरा भएपछि बिमाङ्क बोनस रकम पाए पछि पनी फेरी बीमा चालु रहने प्रक्रियामा चल्ने बिमा आजिवन रहेको महालक्ष्मी लाईफ इन्स्योरेन्सका राप्ती अञ्चल प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनु भयो । यस्तै यदि बिमित केही गरी बिमा चालु भएको अबस्थामा मृत्यू भएमा बिमाङ्क रकम र बोनस पाउने व्यवस्था छ । बिमित बीमा समाप्ती भएर ८४ वर्षको उमेर पुगे पछि बिमाङ्क रकम जस्तै २० लाख गरेमा २० लाख नै बिमितले पाउने कम्पनीले उल्लेख गरेको छ ।
प्राय मानिसले जन्मदिनमा धेरै खर्च गरेर तडक भड्क देखाउने र खानपानमा खर्च गर्ने चलन भएको भन्दै यसलाई निरुत्साहित गर्न यस्तो कार्य गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका सिनियर एजेन्सी म्यानेजर लालचन्द्र बन्जाडेले बताउनु भयो । छोरीको जन्मदिनमा फजुल खर्च नगरेर खर्च हुने रकम बचाएर आजीवन भरी सहयोग दिने बचत सुरक्षा दुबै फाइदा हुने गरी महालक्ष्मी लाईफ इन्स्योरेन्स दाङ शाखामा बिमा गराइ दिएकाे बन्जाडेको भनाइ छ ।
पछिल्लो समय छोरा छोरीको जन्मदिनमा अभिभावकले भबिष्यलाई बुझेर प्राय जीवन बीमा, सामाजिक कार्य, सहयोग गर्ने लगायतका कृयाकलाप हुने गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स राप्ती अञ्चल प्रमुख कृष्ण प्रसाद पोख्रेलले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।