स्वास्थ्य बीमा कार्यक्रममा सर्बसाधारण घट्दोक्रममा

लोकेन्द्र सुनार । प्यूठान
भाद्र, ११ । नेपाल सरकारको परिवारमा आधारित स्वास्थ्य बिमा कार्यक्रम पहाडी भेगमा त्यति प्रभावकारी हुन सकेको छैन । बार्षिक ३ हजार पाँच सय रुपैया तिरी ५ जनाको परिवारले सरकारबाट १ लाख औषधी, उपचारमा छुट लिने व्यवस्था भएता पनि स्वास्थ्य बिमा सबै जनताको रोजाइमा पर्न सकेको छैन् । प्यूठानमा गत आर्थिक वर्षको प्रीमियम र पछिल्लो वर्षको अबस्था हेर्दा सर्बसाधारण घट्दोक्रममा रहेको देखिन्छ ।
नेपाल सरकारले २०७२ साल चैत्र २५ गतेबाट सर्बसाधारणलाई स्वास्थ्य उपचारको लागी कार्यक्रम लागु गरेता पनि हाल सम्म ५६ जिल्लामा कार्यक्रम कार्यान्वयमा छ । प्राय निरन्तर औषधी सेवन गर्ने दिर्घरोगीहरुले स्वास्थ्य बिमा कार्यक्रमबाट सेवा लिने गरेको देखिन्छ । यस्तै प्यूठानमा पनि सापेक्ष रुपमा सन्तोषजक रहेको स्वास्थ्य बिमा बोर्ड प्यूठानको भनाई छ । जिल्लामा कुल जनसख्याको १७ प्रतिशतले मात्र स्वास्थ्य बिमामा सहभागी रहेको तथ्याङ्क छ ।
सरकारको परिवारमा आधारित स्वास्थ्य बिमा लागु भए पछि प्यूठानमा ४० हजार जनाले अर्थात हाल सम्म जनसख्याको अनुपातमा हेर्दा करिब १७ प्रतिशतले मात्र सेवा लिएका छन् । यो तथ्याङ्क हेर्दा सरकारले सबै नागरिको पौहुचमा बिमा कार्यक्रम पु¥याउन नसकेको स्पष्ट हुन्छ ।

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी केहीले झनझटिलो हुने, सबै औषधी नपाइने, जिल्ला बाहिर सेवा लिन जानु पर्ने लगायतका गुनासा प्रकट गरेको पाइन्छ । जिल्लामा प्राप्त औाषधी तथा अन्य सेवा पाएमा जनताले जिल्ला बाहिर जान दुख्न नपाउने खंलगा प्राथमिक स्वास्थ्य केन्दका सेवा ग्राही नारायण प्रसाद नकर्मीको गुनासो छ ।
जिल्लामा ७ हजार १ सय घरधुरी आर्थिक वर्ष ७५÷७६ मा समाबेश भए भने ४ हजार ७ सय ७८ घरधुरीले आर्थिक वर्ष ७६÷७७ मा सेवा लिएको स्वास्थ्य बिमा बोड प्यूठानका कार्यालय प्रमुख बसन्त लामीछानेले बताउनु भयो ।
कतिपय बिरामी जिल्ला बाहिर चेकजाच गर्ने तर सेवा लिन स्वास्थ्य बिमाकै कारण जिल्लामा आउने, सरकारको बिमा कार्यक्रमबाट जिल्लामा अनुगमनमा आएर के कस्ता समस्या छन भनी अनुगमन नहुनु लगाएत समस्या रहेको स्वास्थ्य संस्थाका प्रमुखहरुको भनाई छ ।

प्यूठानमा स्वास्थ्य बिमा कार्यक्रमको सेवा प्यूठान अस्पताल, खंलगा प्राथमिक स्वास्थ्य केन्द्र, भिग्री प्राथमिक स्वास्थ्य केन्द्र गरी ३ स्थानबाट सेवा दिएका छन् । दिर्घरोगी बाहेक अन्य परिवारमा आधारित स्वास्थ्य बिमा कार्यक्रममा पहिला भन्दा घटदोक्रममा रहेको रहेको छ ।