२०७७, ११ भाद्र बिहीबार १७:५७

सामाजिक संस्थाले गरे प्यूठानमा कोरोना बिरुद्ध सचेतना अभियान

प्यूठान, ११ भाद्र । सामाजिक हितका लागी कार्य गर्न स्थापित संस्थाले कोरोना बिरुद्ध सचेतना कार्यक्रम जिल्लामा गरी रहेका छन् । युवा हित मञ्च प्यूठान र मदन भण्डारी स्पोट्र्स एकेडेमी प्यूठानको संयुक्त आयोजनामा प्यूठान नगरपालिका ८ मा माक्स वितरण तथा कोरोना विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरको युवा हित मञ्च प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले प्यूठान जागरण डटकमलाई जानकारी दिनु भयो ।


प्यूठान नगरपालिका ८ र इलाका प्रहरी कार्यालय बाग्दुला संगको समन्वयनमा नगरपालिका ८ का दम्ती, कोलकटा, बस्ती, कुमाल बस्तीमा जनचेतनामुलक अभियान र माक्स वितरण गरेको युवा हित मञ्च प्यूठानले जनाएको छ । मञ्चले विभिन्न संस्थाको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको हुँदा अन्य ठाउँमा पनि क्रमश कार्यक्रम गरिदै जाने यूवा हित मञ्च संस्थाले जनाएको छ ।
प्रहरी तथा विभिन्न संस्थाको साझेदारीमा कोरोनावाट बच्न र बचाउनका लागि गाँउ–गाँउमा गएर सचेतना मुलक अभियान सञ्चालन गरिरहेको मदन भण्डारी स्पोट्र्स एकेडेमी जिल्ला शाखा प्यूठानको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *