जनताले अनुभूत गर्न सक्ने शुसाशन पार्दर्शितामा जोड दिने : प्रजिअ

प्यूठान जागरण डटकम
भाद्र, १२ प्यूठान । जिल्लाको बिकास, आर्थिक, सामाजिक तथा शान्ति सुरक्षाको क्षेत्रमा सके सम्मको समय दिई कार्य सम्पादन गर्ने प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिनु भएको छ ।
जिल्लामा कृयाशिल संचार माध्यमका पत्रकार संग भेटघाट गदै भुषालले अहिले कोरोना भाइरसका कारण धेरै समय यसको व्यवस्थापनमा दिनु पर्ने भएको हुँदा निकट भविष्यमा जनताले अनुभूत गर्न सक्ने शुसाशन पार्दर्शिता लगायतका कार्यमा आफ्नो ध्यान केन्द्रित हुने बताउनु भएको छ । साथै जिल्लामा हुने कालो बजारी, अपराध, लगायतका बिषयमा सुक्ष्म तरिकाले पत्रकार संग हातेमाले गदै अगाडी बढ्ने भुषालको भनाई छ ।
अख्तियार प्राप्त व्यक्ति भएकाले जिल्लाका सबै क्षेत्रमा हुने बिकास निमार्णमा पहल कदमी गर्न नेपाल पत्रकार महासघं जिल्ला शाखा प्यूठानका निबर्तमान अध्यक्ष गिरु भण्डारीले आग्रह गर्नु भयो । यस्तै नेपाल पत्रकार महासघं जिल्ला शाखा प्यूठानका अध्यक्ष महाबिर रानाले संञ्चार क्षेत्रमा उठेका समस्या कुनै पनि बिषयमा नजर अन्दाज नगरी छलफल तथा व्यवस्थापनमा ध्यान दिन जिल्ला प्रंशासन कार्यालय प्यूठान प्रतिबद्ध हुनु पर्ने बताउनु भयो ।कोरोना भाइरसको बारेमा जनचेतना जगाउन, संक्रमण फैलन नदिन, संक्रमणबाट बचाउन जिल्ला निषेधाज्ञा गर्नु परेको प्रमुख जिल्ला अधिकारी भुषालले बताउनु भयो ।